१२ कार्तिक २०८३, बिहिबार

ओली–प्रचण्ड छलफलमा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । अध्यक्षद्वय केपी ओली र प्रचण्डले जिल्ला, प्रदेश र जनसंगठन एकीकरणसम्बन्धी प्रस्तावमा गत शुक्रबारबाट छलफल सुरु गरेका छन् । शुक्रबार ३ घन्टा छलफल गरेका उनीहरूले शनिबार र आइतबार पनि छलफललाई निरन्तरता दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘अध्यक्षद्वयले तल्ला कमिटी र जनसंगठनहरूको एकीकरण टुंग्याउनका लागि शुक्रबारबाट आन्तरिक गृहकार्य सुरु गर्नुभएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अब बस्ने सचिवालय बैठकमा उहाँहरूले गृहकार्यका आधारमा प्रस्ताव राख्नुहुनेछ ।’ अध्यक्षद्वयले वरिष्ठ नेता नेपाल र झलनाथ खनालसँग भने छलफल गरेका छैनन् ।

आफूपक्षीय नेताको बैठकमा माधव नेपालले भने‘सिफारिस नसच्याइए हरेक प्रदेश र जिल्लामा समानान्तर कमिटी बनाइनेछन्, हिजो केपी ओलीले पनि थुप्रै ठाउँमा बनाएकै हुन्’ ।

बैठकमा नेता नेपालले अध्यक्ष केपी ओलीको एकलौटी शैलीप्रति आक्रोश पोख्दै एकीकरणका नाममा नेता–कार्यकर्तामाथि भइरहेको अन्याय सहन नसकिने बताएका थिए । एकीकरण कार्यदलले कतिपय जिल्ला र प्रदेश एकताका लागि गरेको सिफारिसमा पुनर्विचार गर्न अध्यक्ष ओली तयार नभए समानान्तर कमिटी बनाउने घोषणासमेत उनले गरेका थिए ।

‘पार्टी एकीकरणका नाममा विधि, प्रक्रिया र मापदण्डविना कतिपय जिल्ला र प्रदेशका सन्दर्भमा कार्यदलहरूले गरेका सिफारिस पारित गर्न सकिँदैन,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘अब अन्याय टुलुटुलु हेरेर, सहेर मात्र बस्न सक्ने स्थिति रहेन, सिफारिस नसच्याइए हरेक प्रदेशर जिल्लामा समानान्तर कमिटी बनाइनेछन्, हिजो झलनाथ खनाल अध्यक्ष हुँदा केपी ओलीले पनि थुप्रै ठाउँमा बनाएकै हुन् ।’