
काठमाडौं, १० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन अगावै राष्ट्रियसभाका चार समितिका सभापति अन्तिम टुंगोमा पुर्याएको छ । सभापतिहरुको निर्वाचन भदौ १३ गतेका लागि तोकिएको छ ।
नेकपा स्रोतका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ हुने निश्चित भएको छ । यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति राम नारायण बिडारीलाई बनाउने नेकपाले तयारी गरेको छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी थापा रावल लगभग अन्तिम भएको छ । दीगो विकास तथा सुशासन समितिको सभापति भैरवसुन्दर श्रेष्ठ बन्ने भएका नेकपा स्रोतले जानकारी दियो ।















प्रतिक्रिया