
रौतहट, १० भदौ । रौतहटको गौर नगरपालिका–४ कुलियाघाटमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ ।
बन्जराघाटबाट टिकुलियाघाटतर्फ जाँदै गरेको काठको डुंगा दुर्घटनामा वेपत्ता भएकाहरु मध्य दुई जनाको शव आइतबार भेटिएको हो ।
डुंगा दुर्घटनामा बेपत्ता भएका ईसनाथ नगरपालिका–२ का ४२ वर्षीया रुना देवी भारतको फूलबरिया खोलामा र गौर नगरपालिका–४ बस्ने ६० वर्षीया शान्तीदेवी साहको भारतको जमुना खोलामा शव फेला परेको हो ।
डुबेका १७ पुरुष र ५ महिला गरी२ २ जनाको सकुशल उद्धार गरेको थियो । हराएका अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया