३ कार्तिक २०८३, मंगलबार

सिपिएल : सन्दीपको टीम ‘सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स’ शीर्ष स्थानमा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । क्यारेबियन प्रिमियर लिगमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले खेलेको टीम सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स सिपिएलको अग्रस्थानमा छ । हालै भएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई ६ विकेटले हराउँदै सेन्ट किट्स लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ ।

५ खेलबाट सेन्ट किट्सले ६ अंक जोडेको छ । उसले दुई खेल हारेको छ । सेन्ट किट्सले रन रेटमा ट्रिनबागो नाइट राइडर्स, जमैका तल्लाव र गुयाना अमेजन वारियर्सलाई पछि पारेको हो ।

आगामी २९ अगस्टमा गुयाना अमेजोन वारियर्ससँग हुने खेल सन्दीपले गुमाउनेछन् । उनी एसिया कप छनोटका लागि मलेसिया जाने पक्का भएको छ ।