
काठमाडौं । पोर्नस्टार हुँदै बलिउडमा जमेमी अभिनेत्री हुन् सनी लियोनी । उनले पहिलोपटक पोर्न फिल्म हेर्दा निकै लाग्थ्यो रे । यो कुरा हालै एक अंग्रेजी इन्टरटेन्मेन्ट वेभसाइटलाई दिएको अन्तर्वार्ताको क्रममा भनिन् । सनीले आफ्नो अनुभव साझा गर्दै भनिन्, ‘जब तपाई बच्चा हुनुहुन्थ्यो नि त्यसबेला तपाईलाई थाहा हुन्न कि ठूलो भएपछि के बन्नुहुन्छ ?’ ८-१० वर्षको उमेरमा कुनै पनि चिज देख्नु अलग रहन्छ । जुन तपाई ठूलो भएपछि देख्नुहुन्छ । त्यसबेलासम्म तपाईको नजरमा पूरै फेरिन्छ ।’
सनी भन्छिन्- पोर्न उद्योगमा जानेबारे मैले सोचेकै थिइनँ
सनीले अघि भनिन्, ‘जब मैले पहिलोपटक पोर्न फिल्म हेरेँ त्यसबेला मलाई निकै घिन लाग्यो । मैले कहिल्यै पनि सोचेकी थिइनँ कि म त्यसै क्षेत्रमा जान्छु । जसलाई लिएर म १० वर्षको उमेरसम्म पनि भन्ने गर्थेँ कि हे भगवान यो त निकै घिनलाग्दो कुरा हो ।’
पोर्न फिल्म हेरेपछि रोइन् सनी
सनी लियोनीले आफ्नो बायोपिक ‘करनजीत कौर-द अनटोल्ड स्टोरी अफ सनी लियोनी’मा खुलासा गरेकी थिइन् कि जब उनले पहिलोपटक पोर्न फिल्म हेर्दा गुरु नानकको फोटो अगाडि बसेर निकै रोएकी थिइन् । किनकी सनीलाई लाग्यो- मबाट निकै ठूलो गल्ती भयो । त्यसपछि उनले गुरु नानकको फोटोलाई हात जोडेर नमस्कार गर्दै माफी मागिन् । ‘बाबाजी मबाट गल्ती भयो’ सनीले भन्दै माफ मागेकी थिइन् ।
१९ वर्षको उमेरमा सनीको पहिलो पोर्न फिल्म
सनीले १९ वर्षको उमेरमा पोर्न उद्योगमा पाइला टेकिन् । उनी आफ्नै मर्जीले पोर्न फिल्ममा काम गर्न थालेकी हुन् । यसबारेमा सनीले अभिभावकलाई भन्दा उनीहरु दुखी भएका थिए । अन्तर्वार्ताका क्रममा सनीले भनिन्, ‘मैले परिवारको अनुमतिबिना पोर्न उद्योगमा गएकी थिएँ । मेरो लागि यो व्यवसाय थियो । यद्यपी जब मैले ‘पेन्टहाउस’ नाम गरेको चर्चित म्यागेजिनको कभर अफ दि इयर र एक लाख डलर जितेँ, त्यो पनि मैले परिवारलाई जानकारी गराएँ । यसमा पनि अरु सामान्य परिवार जस्तै दुखी नै भए । त्यसपछि मैले जीवनमा के गर्नुहुन्छ के गर्नुहुन्न भन्नेबारे निर्णय लिइसकेको छु भनेँ । र, उनीहरु मेरो कुरामा कन्भिन्स भए ।’
सन् २००३ मा उनले विविड इन्टरटेन्मेन्टसँग तीन वर्षको सम्झौता गरेर हार्डकर पोर्नोग्राफीको दुनियाँमा पाइला राखिन् । सनीले धेरै पोर्न फिल्ममा काम गरिन् । बताइएअनुसार उनले ४१ एडल्ट फिल्ममा अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् । त्यस्तै २५ फिल्ममा निर्देशकको भूमिका निभाएकी छन् । सन् २०११ मा ‘बिग बोस ५’मा सहभागी भएपछि उनी बलिउडमा राम्रैसँग जमिन् ।















प्रतिक्रिया