लण्डन, १० भदौ । स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले युभेन्टसबाट घरेलु मैदानमा डेब्यु गरेका छन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोनाल्डोको नयाँ क्लब युभेन्टसले लाजिओलाई २–० ले हरायो ।
सिजन लिगमा युभेन्टसको लगातार दोस्रो जित हो । पहिलो खेलमा किएभोलाई युभेन्टसले ३–२ ले हराएको थियो । त्यो खेल युभेन्टसबाट सिरी ए मा रोनाल्डोको पहिलो खेल थियो ।
अवे मैदान र घरेलु मैदानमा भएका दुवै खेलमा रोनाल्डोले गोल भने गर्न सकेका छैनन् पहिलो खेलमा गोलले मान्यता पाएन भने शनिबार राति भएको खेलमा रोनाल्डोले घरेलु मैदानमा पनि गोल गर्न सकेनन् ।
रोनाल्डोलाई युभेन्टसले ११२ मिलियन युरो तिरेर यहि सिजन रियल मड्रिडबाट ल्याएको हो । लाथिओसँगको खेलमा युभेन्टसका लागि मिरालेम पजानिक र मारियो मान्जुकीले गोल गरे । ३० औँ मिनेटमा पजानिक तथा ७५ औँ मिनेटमा मान्जुकीले गोल गरेका हुन् ।
युभेन्टस गोलरहित रहेका बेला सामी खेडिराले पोस्ट प्रहार गरेका थिए । घरेलु मैदान एलिएन्ज रंगशालमा रोनाल्डोको पहिलो प्रतिस्पर्धात्मक खेलका लागि फ्यानहरुले उनको समर्थनमा ब्यानर तथा पोस्टरहरु लिएर आएका थिए ।
तर रोनाल्डोले पहिलो हाफमा लाजिओको पेनाल्टी एरियामा एक पटक मात्रै बल छुन सके । युभेन्टसको दोस्रो गोलअघि रोनाल्डोले पोस्ट प्रहार गरेका थिए । तर लाजिओका गोलरक्षक थोमस स्ट्राकोशले सुन्दर बचाउ गरे ।
रोनाल्डोले जोएओ क्यानसेलोको क्रसबलमा पनि गोल गर्न सकेनन् । तर उनले प्रहार गरेको बल फर्किएर आएपछि त्यसलाई मान्जुकीले गोलमा परिणत गरे । इटालियन सिरी ए अन्तर्गत अर्को खेलमा नापोलीले एसी मिलानलाई ३–२ ले हराएको छ । एजेन्सी















प्रतिक्रिया