काठमाडौं, १० भदौ । आन्दोलन चर्किएपछि कञ्चनपुरमा तीन दिनदेखि कफ्र्यु छ भने निर्मला पन्तको न्यायका लागि राजधानीमा प्रदर्शन भएको छ ।
माइतीघर मण्डलादेखि बानेश्वरसम्म निस्किएको र्यालीमा मानवअधिकारकर्मी, राजनीतिकर्मी, पेसाकर्मीदेखि सर्वसाधारण सहभागी थिए ।
करिब एक महिना बितिसक्दा पनि वास्तविक अपराधी सार्वजनिक गर्न नसकेको भन्दै देशैभरि आक्रोश बढिरहेका वेला राजधानीमा पनि प्रदर्शन भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘निर्मलाका निम्ति न्याय’ नाममा सामाजिक सञ्जालमा अभियानका रूपमा सुरु भएको विरोध शनिबार राजधानीको सडकमा पोखिएको हो ।
र्यालीमा विभिन्न नारा लेखिएका प्ले कार्डसहित लेखक, कलाकार, साहित्यकार, पत्रकार, चिकित्सक, राजनीतिज्ञ, समाजसेवी, बुद्धिजीवी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका मानिसको उपस्थिति थियो ।
त्यस्तै, बालिका पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको विरोधमा शनिबार प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि प्रदर्शन भएको छ ।
कञ्चनपुरमा बल प्रयोग गर्ने अधिकारीलाई कारबाही हुनुपर्ने र बलात्कारी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन् ।















प्रतिक्रिया