३ कार्तिक २०८३, मंगलबार

पोखराः मृत भेटिएकी पुष्पाको बलात्कार पछि हत्या भएको स्थानीयको दाबी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ भदौ । मृत भेटिएकी पोखरा–१९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बलात्कारपछि हत्या भएको दाबी स्थानियले गरेको छन् । घटनाको प्रकृति हेर्दा बलात्कारपछि नै हत्या हुन सक्ने देखिएको उनीहरुले बताए ।

पुष्पाले लगाएको स्कर्ट शव भन्दा केही टाढा भेटिएको र योनीबाट रगत समेत आएको अवस्थामा शव भेटिएको स्थानीयले बताए । रगत रोक्नको लागि प्याड समेत प्रयोग गरेको देखिएको प्रत्यक्षदर्शीको भनाई छ । यद्दपी घटनाको थप अनुसन्धान नगरी केहि भन्न नसकिने प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिएकाले पोष्टमार्टमपछि मात्र सबै थाहा हुने बताए ।