
बेल्जियम । साहित्यकार राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा विजयी भएका छन् ।
उनले ५ सय ७० मत प्राप्त गर्दै विजयी भए । अमेरिकी समय अनुसार शुक्रवार राति सार्वजनिक गरिएको मत परिणाम अनुसार राधेश्याम लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले उनका निकटतम प्रतिद्वन्द्वी साहित्यकार गोवर्द्धन पूजालाई २ सय ११ मतले पछि पारेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत अनुशार लेकालीले ५ सय ७० मत र गोवर्द्धनले ३ सय ५९ मत ल्याएका हुन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको १३ औँ कार्यसमितिको बुधवार, बिहीबार र शुक्रवार गरी तीन दिन सम्म अनलाइनबाट मतदान भएको थियो ।
आगामी दुइ बर्षे कार्यकालका लागि शुक्रवार सम्पन्न भएको निर्वाचनमा अमेरिका क्षेत्रको उपाध्यक्षमा शान्तिराम ढकाल, महासचिव पदमा गणेश घिमिरे अस्ट्रेलिया, सचिवमा लाल गोपाल सुवेदी अमेरिका, सदस्यहरूमा सानु घिमिरे अस्ट्रेलिया, लक्ष्मी राई बेलायत र अग्नि प्रसाद पराजुली भारी मतको अन्तरले निर्वाचित भएका छन् ।















प्रतिक्रिया