३ कार्तिक २०८३, मंगलबार

कोहलीलाई अर्को सफलता

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । तेस्रो टेस्ट म्याचमा भारतीय टीमले इंग्ल्याण्डलाई पराजित गर्‍यो । जीतपछि भारतीय टीमका कप्तान विराट कोहलीमाथि अर्को खुशी थपिएको छ । कप्तान कोहली एक दिवसीयपछि टेस्ट क्रिकेटमा पनि संसारकै उत्कृष्ट ठहरिएका छन् । हालै आइसीसीको बरियतामा उनी टेस्टको शीर्षस्थानमा रहन सफल भएका हुन् । ‍

इंग्ल्याण्डविरुद्धको टेस्टमा विशाल पारी खेलेपछि कोहलीको र्‍याङकिङमा सुधार आएको हो । यसअघि उनी दोस्रो स्थानमा थिए । शीर्षस्थानमा अष्ट्रेलियाका कप्तान स्टीव स्मिथ थिए । कोहलीले ९३७ रेटिङ हासिल गर्दै शीर्षस्थानमा रहन सफल भएका हुन् ।

त्यस्तै कोहली टेस्टमा २०० रन बनएर टीमलाई ७ म्याच जिताउने संसारकै पहिलो कप्तान बनेका छन् ।