काठमाडौं, ८ भदौ । राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ ।
घरको उचाइँ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले नयाँ मापदण्ड लागू गरेको हो ।
यससँगै ४५ फिट अर्थात ५ तले घर बनाउन पाइने मुरानो मापदण्ड खारेज भएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
अब संरक्षित उपक्षेत्रमा भवन निर्माण गर्दा घरको उचाइ फ्लोर एरिया रेसियो (फार) अधिकतम ६५ फिट अर्थात ७ तला र मिश्रित पुरानो क्षेत्रमा अधिकतम ८ तला अर्थात ७५ फिट हुनेछ ।















प्रतिक्रिया