
काठमाडौं, ७ भदौ । नेकपा–विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न सर्वोच्चले आदेश दिएको छ ।
सर्वोच्चले उनलाई रजिष्ट्रारको रोहबरमा रिहा गर्न भनेको हो । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले बिहीबार उक्त आदेश दिएको हो ।
अघिल्लो पटक रिहा भएका उनी फेरि अर्को मुद्दामा पक्राउ परेका थिए । उनलाई आगजनीको मुद्दाका लागि भक्तपुर लगिएको थियो ।















प्रतिक्रिया