३० आश्विन २०८३, शुक्रबार

‘कुनै एउटा व्यक्ति वा संस्था बोक्न सक्दैनौँ’

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किरण गिरी

पार्टीमा एजेण्डा भएन भन्ने मित्रहरू यो बुझ्नु जरुरी छ। सम्बर्द्धनवादी उदारवाद नै राप्रपा प्रजातान्त्रिकको मूल एजेण्डा हो । सम्बर्द्धनवादी उदारवाद भित्रनै सबैले सबैको अस्तित्व र सम्मानको रक्षा गर्दै मजबुत राजनीतिक सहयात्रामा सहभागी हुने अबसर प्राप्त हुनेछ ।

वर्तमान नेपालको राजनीतिलार्इ सन्तुलित रुपमा अगाडि बढाउनको लागि नै राप्रपा प्रजातान्त्रिकले रणनैतिक हिसाबले सम्बर्द्धनवादी उदारवादको राजनीतिक दर्शन अगाडि बढाएको हो । निरन्तरता सहितको सकारात्मक परिवर्तन नै सम्बर्द्धनवादी उदारवादको मूल अर्थ हो ।

बहुलवादी लोकतन्त्र, मानव अधिकार, व्यक्तिको स्वातन्त्रता, आवधिक निर्वाचन र प्रेस स्वतन्त्रताको ग्यारेन्टी उदारवादले गर्दछ । अमेरिका, भारत, फ्रान्स, सिङापुर, चीन, अर्जेन्टिना, ब्राजिल लगायत विश्वका अधिकांश मुलुक राजनीतिक र आर्थिक उदारवाद कै कारण आज विकसित, समृद्ध र

लेखक

शक्ति राष्ट्र बन्न सफल भएका छन् ।

विश्वव्यापी रुपमा स्थापित यो राजनीतिक सिद्धान्तलाई राप्रपा प्रजातान्त्रिकले अबलम्बन गरेको छ । हामी अब सम्बर्द्धनवादी उदारवादभन्दा तल, माथि र दायाँ, बायाँ गरेर अगाडि बड्न सक्दैनौं । यसमा तल माथी गर्न खोज्नु भनेको पार्टीलाई कमजोर र दिसाशीन बनाउन खोज्नु मात्र हो । कुनै एक व्यक्ति र परिवारको भजन मण्डली हुन सकिँदैन ।

संविधान निर्माणमा हामी निरन्तर साहाभागी छौं । संविधान निर्माणमा हाम्रा सभासदहरूको सकृय र ऐतिहासिक सहभागित छ । संविधान र संवैधानिक प्रक्रियासँग सहकार्य गर्ने हाम्रो पार्टी हो । धर्म निरिपेक्षता बाहेक राप्रपा प्रजातान्त्रिकले नेपालको संविधानलाई आत्मासाथ गरेको छ । संविधानमा प्रतिबद्ध छौं ।

मुलुक, जनता र संविधान नै राप्रपा प्रजातान्त्रिकको बटम लाइन र आदर्श हो । सत्तामा रहँदा एउटा कुरा । सत्ता बाहिर हुँदा अर्कै कुरा र व्यवहार गर्न जान्दैनौं । राप्रपा प्रजातान्त्रिकले बिचार र सिद्धान्त मिल्ने सबै राजनीतिक दल र व्यक्तिसँग एकता, मेलमिलाप र सहकार्य गर्ने नीतिलाई सदा खुला राखेको छ ।

गत वैशाख २५ गते बसेको केन्द्रीयकार्य समितिको बैठकले सम्बर्द्धनवादी उदारवादको स्पष्ट सिध्दान्त नीति, कार्यक्रम र दृष्टिकोण राजनीतिक प्रतिबेदनका रुपमा पारित गरिसकेको छ । पार्टी महाधिबेशनले मात्र नीति, सिद्धान्त र दृस्ठिकोण गर्न सक्दछ । कुनै पनि अतिवाद र उग्रवादलाई राप्रपा प्रजातान्त्रिकले स्वीकार गर्न सक्दैन ।