३ कार्तिक २०८३, मंगलबार

यी हुन् प्रहरीका नयाँ एआइजीहरू ! बढुवाको जाम खुल्ने

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को बढुवा गर्ने भएको छ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनालको नियुक्तिसँगै रिक्त एआइजी बढुवा रोकिएको थियो ।

प्रहरी महानिरीक्षक खनालले गृहमन्त्री रामबहादुर थापालाई एआइजी बढुवामा चासो देखाउन पटक–पटक आग्रह गर्दै आएका थिए । खनालको दवावका कारण गृहमन्त्री थापाले एआइजी बढुवा एक हप्ताभित्रै गर्ने गरेर काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

डिआइजीहरू पुष्कर कार्की, मनोज नेउपाने, ठूले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।

एआइजीका सबै दाबेदार अधिकृत ०४६ का ब्याची हुन् । ३० वर्षे कार्यकालका आधारमा उनीहरू सबैले २९ माघ ०७६ मा अनिवार्य अवकाश पाउनेछन् ।