अमेरिका । प्रवासी नेपाली मंच अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड लगायत सबै राष्ट्रमा भएका प्रवासी नेपाली मंचले नेपालका सांसदद्वय सूर्य पाठक र कृष्णभक्त पोखरेललाई धन्यवाद दिएको छ ।
मंचले संशोधन प्रस्ताव दर्ता गरी सहयोग गरेकोमा धन्यवाद दिएको हो । विज्ञप्ति प्रकाशित गर्दै नेपालको नागरिकता ऐन २०६३ बारे सांसदमा प्रस्तुत भएको विधेयकमा प्रवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता दिइने विषयमा बिभिन्न बुँदाहरूमा प्रस्ट नभएको र त्यसलाई प्रस्ट, सरल र वैज्ञानिक बनाउन पर्छ भनि संसारभरिका ३ दर्जन बढीको संख्यामा रहेका प्रवासी नेपाली मंचहरू बिगत केही हप्तादेखि आफ्नो ठाउँबाट नेपालमा रहेको सरकार, बिधेयक र कानूनी व्यक्तित्व संग समन्वय गर्दै आई रहेको जनाएको छ ।















प्रतिक्रिया