शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

जेठसम्म विद्युत् निर्यात हुनेछ : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७५ भदौ ५ गते १९:३६

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन् ।

मंगलबार विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए । प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिए ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘आफ्नो सेवा र सुविधाभन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत् व्यवहार गर्न म जनप्रतिनिधिलाई आग्रह गर्छु ।’ -रासस

प्रतिक्रिया
सम्बन्धित