शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

ग्यास पाईपको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने – ‘अब सिलिण्डरको डल्लो बोकेर हिड्नु पर्दैन’

दैनिक नेपाल २०७५ भदौ ५ गते १५:००

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याँस सिलिण्डर हटाउनु ठुलो कुरा नभएको बताएका छन् ।

विराटनगर पुगेर उनले वायोग्यासको उदेघाटन गर्दै सो क्षेत्रका ३२ घरले सिलिण्डर बोकेर हिड्नु नपर्ने बताए ।
कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाल्दै उनले भने, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्लो बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’

विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ । यस्ता परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि बनिरहेको बताउँदै प्रधानमन्त्रीले अन्य स्थानमा पनि लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित