शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

‘प्रधानमन्त्री ज्यू अन्तर्वार्तामा रोइलो गर्न छाड्नुस्, काम गर्नुस्’

दैनिक नेपाल २०७५ भदौ ५ गते १४:३५

काठमाडौं, ५ भदौ । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अन्तर्वार्तामा रमाइलो र रोइलो गर्न छाड्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेता थापाले भने, ‘प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नु पर्ने काम गर्नुस् ।’ उनले संघीयता असफल भए प्रधानमन्त्री पनि असफल हुने बताए । उनले प्रधानमन्त्री ओलीलाई संघीयताको विरोध गर्ने छुट नभएको उल्लेख गरे ।

नेता थापाले संविधानले परिकल्पना गरेको वित्त आयोग अहिलेसम्म नबनेकोमा चिन्ता व्यक्त गरे । उनले उक्त आयोगलाई राजनीतिक नेतृत्व नदिएको उल्लेख गर्दै भने, ‘कर विवाद समाधानका लागि कर्मचारीहरुको समिति बनाउनु दुखद हो ।’

काँग्रेस सांसद थापाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बनेको तर नियमवाली नबन्दा करमा समस्या उत्पन्न भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित