
काठमाडौं, ५ भदौ । अर्जेन्टिनीका स्टार स्ट्राइकर लियोनल मेस्सी युईएफए वर्ष खेलाडी अवार्डकाे अन्तिम मनोनयमा परेनन् । सोमबरा युरोपियन फुटबल एसोसियनले सार्वजनिक गरेको मनोनयनको अन्तिम नामावलीमा मेस्सी पर्न अफसल भएका हुन् ।
अन्तिम मनोनयमा युरोपका खेल पत्रकार र प्रशिक्षकहरुले छनोट गर्ने गर्छन् । त्यस्तै यसपटक पनि युरोपका ८० प्रशिक्षक र ५५ खेल पत्रकारको छनोट समितिले सार्वजनिक गरेको अन्तिम मनोनयमा साबिकका विजेता क्रिष्टियानो रोनाल्डो, मोहम्मद सलाह र लुका मोड्रिच रहेका छन् । अगस्ट ३० तारिखका दिन विजेता चयन हुनेछ ।
रसिया विश्वकपमा गोल्डेन बल जितेका क्रोएशियाका स्टार लुका मोड्रिच पनि युईएफएको मनोनयमा परेका छन् । गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा उनले राम्रो प्रदर्शन गरेका थिए ।
इजिप्टका मोहम्मद सलाहले लिभरपुलका लागि गत सिजन उत्कृष्ट खेले । उनले गत सिजन प्रिमियर लिगमा ४४ गोल गरेका थिए । सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । -एजेन्सी















प्रतिक्रिया