३ कार्तिक २०८३, मंगलबार

अमेरिकाबाट आयो प्रकाश खत्रीको ‘हावासरी’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । विगत ३० वर्षदेखि अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अनवरत रुपमा लागि परेको नाम हो, प्रकाश खत्री । नर्थ क्यारोलाईना राज्यमा बसोबास गर्ने प्रकाश खत्री विभिन्न गीतहरू रचयिता हुन् ।

व्यस्त समयमा पनि फुर्सद निकालेर उनले राम्रा गीतहरू रेकर्ड गरेका छन् । यिनै गीतमध्येको हावासरी आकाशको बादल जस्तै भन्ने गीत युट्युब च्यानलमा हेर्न सकिन्छ ।

विदेशमा बसेर स्वदेशप्रतिको मायालाई साह्रै मार्मिक रुपमा प्रस्तुत गरेका छन् । गायक, रचयिता, संगीतकार प्रकाशले अन्य गीतहरू पनि छिट्टै प्रदर्शित गर्ने तयारीमा गरेका छन् । बहुमुखी प्रतिभाका धनी प्रकाश खत्रीको गीतमा मौलिकता रहने गरेको छ ।