काठमाडौं, ५ भदौ । बिरामीलाई आधारभूत स्वास्थ्य सेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाले ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्न लागिएको छ ।
यो व्यवस्थासहितको राष्ट्रिय स्वास्थ्य ऐन, २०७५ को मस्यौदा तयार भएको हो । सरकारले ऐनमार्फत नागरिकको आधारभूत स्वास्थ्यको अधिकार सुनिश्चित गर्न लागेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
समयमा स्वास्थ्य उपचार नपाएको गुनासो बिरामी र बिरामीका आफन्तबाट बारम्बार आएपछि ऐनमार्फत स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायो ।
‘स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयक संसद्बाट पारित भए संविधानको धारा ३५ अन्तर्गतको मौलिक हकमा व्यवस्था भएको निःशुल्क आधारभूत स्वास्थ्य सेवा कार्यान्वयनमा आउनेछ,’ मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदले भने ।















प्रतिक्रिया