१२ कार्तिक २०८३, बिहिबार

शशांक कोइरालाले खुमबहादुरको मुद्दा बोकेपछि कांग्रेसभित्र खैलाबैला

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेता खुमबहादुर खड्कापछि सुस्ताएको नेपाली कांग्रेसभित्रको हिन्दूवादी कित्ताको नेतृत्व महामन्त्री डा. शशांक कोइरालाले गर्न थालेका छन् ।

पार्टी गणतन्त्रको कित्तामा उभिएका कारण कांग्रेसमा धर्म निरपेक्षताविरोधीहरू नेता खुमबहादुर खड्काको कित्तामा उभिएका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

खुमबहादुरले कांग्रेसका बहुमत सदस्यलाई हिन्दू धर्मका पक्षमा उभिनका लागि प्रेरित गरेका थिए । खुमबहादुरको निधनपछि सुस्ताएको धार्मिक कित्तालाई शशांकले नेतृत्व गर्न लागेका हुन् ।

धर्मविनाश, धार्मिक अतिक्रमण बढेको भन्दै मुलुकलाई हिन्दू धर्म सापेक्ष बनाउनका लागि जनमत संग्रह हुनुपर्ने शशांकको माग छ । उनले यसका लागि पार्टीभित्र र देशभरी हुने अभियानमा सहभागीता र सहयोग गर्ने पनि बताउन थालेका छन् ।

शशांकको अभियानमा कोइराला परिवारका अन्य नेताले पनि सहयोग गर्नेछन् । कांग्रेसका सुस्ताएको कोइराला कित्ताको उदयका लागि पनि शशांकले धार्मिक मुद्दालाई गुटको नेतृत्व र अनुकुलताका लागि प्रयोग गर्न लागेको बताइएको छ ।

स्रोतले भन्यो, ‘महासमितिमा हिन्दू धर्मका पक्षधरताहरू धेरै रहेका कारणले पनि महामन्त्री यो मुद्दा बोकेर बैठकमा जान लागेका हुन् ।’

सभापति शेरबहादुर देउवाला अर्का नेता रामचन्द्र पौडेललाई चेपेपछि शशांक साइड लागेका थिए । तर उनले कांग्रेसभित्र फरक कित्ता बनाउने तयारी गरिसकेका छन् ।