शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

नेकपा कार्यदलको समय थपियो, अरु के–के भए निर्णय ?

दैनिक नेपाल २०७५ भदौ ४ गते १९:५४

काठमाडौं, ४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान कार्यदलको समय थप भएको छ ।

नेकपा सचिवालयको सोमबार बसेको बैठकले कार्यदलको समय थप गर्ने निर्णय गरेको हो । भदौ ७ गते सम्म समय थप गरी रिपोर्ट बुझाउन भनिएको नेकपा सचिवालयले जनाएको छ ।

बैठकका निर्णयबारे जानकारी दिँदै नेकपा नेता नारायणकाजी श्रेष्ठले भने, ‘प्रत्येक कार्यदलहरुलाई साउनको मसान्त सम्म आफ्नो रिपोर्ट बुझाउन समय दिइएको भएपनि सोमबारसम्म पनि कतिपय कार्यदलहरुले रिपोर्ट नबुझाएको सन्दर्भमा अन्तिम पटकका लागि भदौ ७ गतेसम्मका लागि रिपोर्ट बुझाउन निर्देशन दिइएको छ ।’

भदौ ७ भित्र निर्णय गरिसक्न प्रत्यक कार्यदलहरुलाई निर्देशन दिइएको तर निर्धारित समयमा रिपोर्ट तयार नगर्नेले पनि जति बनेको छ त्यति नै अनिवार्य रुपमा बुझाउनुपर्ने निर्णय भएको उनले जानकारी दिए ।

त्यसैगरी नेकपाले भदौको ८ र ९ गते बोलाएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेसम्मका लागि सारिएको नेता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित