२१ कार्तिक २०८३, शनिबार

सुरुङ निर्माण सम्पन्न

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ४ भदौ । निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य सोमबारदेखि सम्पन्न भएको छ ।

राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ आज बिहान सूर्योदयभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताए ।

‘आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारित समय सन् २०२० को फेबु्रअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन भइसक्छ,’ उनले भने । १३ अर्ब ६४ करोड रुपैयाँको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएकोे आयोजना प्रमुख गैहे्रले जानकारी दिए ।

आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ । -रासस