
काठमाडौँ, ४ भदौ । काठमाडौँको एक होटलबाट अवैध समुन्द्री घोडा बरामद गरिएको छ ।
चिनियाँ नागरिक चेन क्विङले ठमेलमा सञ्चालन गरेको काठमाडौँ वान होटलबाट प्रहरीले ३ सय ग्राम समुन्द्री घोडासहित पक्राउ गरेको छ । समुन्द्री घोडा संरक्षित जीवमा पर्दछ ।
काठमाडौँ वान गत वर्ष प्रहरीले बरामद गरेको ८८ केजी सुन तस्करीका नाइके रहेका चिनियाँ नागरिकले सञ्चालन गरेको होटल हो । होटलबाट यार्सगुम्बासहित विभिन्न जडिबुटीहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाले गत वर्ष १९ भदौमा सोही होटलका सञ्चालक पेन बेइमिङको लगानी रहेको ८८ केजी सुन क्षेत्रपाटीबाट बरामद गरेको थियो ।
प्रहरीले उनका गाडी चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । अघिल्लो दिनसम्म नेपालमै रहेका उनीहरु कसरी चीन भागे भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।












प्रतिक्रिया