
काठमाडौं, ४ भदौ । स्पेनिस क्लब रियल मड्रिडले ला लिगामा विजयी शुरुआत गरेको छ । रियलले गेटाफेलाई पराजित गर्दै ला लिगामा विजयी शुरुआत गरेको हो । घरेलु मैदानमा रियलले गेटाफेलाई २-० ले पराजित गरेको हो ।
खेलको २० औं मिनेटमा रियलका लागि कार्भाहलले अग्रता दिलाए । पहिलो हाफमा १-० ले अग्रता लिएको थियो । दोस्रो हाफमा पनि रियलले एक गोल गर्न सक्यो । खेलको ५१ औं मिनेटमा रियलका लागि ग्यारेथ बेलले गोल गर्दै अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा गेटाफेले गोल फर्काउन नसक्दा खेल २-० खेल गुमाउन पुग्यो ।















प्रतिक्रिया