२१ कार्तिक २०८३, शनिबार

करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, उदयपुर, ४ भदौ ।  उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ ।

विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मगरको मृत्यु भएको हो भने अर्का घाइते भएको हो ।–रासस