१२ कार्तिक २०८३, बिहिबार

नेकपाका प्रदेश र जिल्ला एकीकरण :प्रदेश ३, ४ र ७ मा सर्वसम्मत

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश र जिल्ला कमिटी एकीकरण प्रतिवेदन कतै सर्वसम्मत तयार भएका छन् भने कतै सिफारिसमै विवाद भएको छ । प्रदेश ३, ४ र ७ ले एकीकरणसम्बन्धी प्रतिवेदन सर्वसम्मत तयार पारेर महासचिव विष्णु पौडेललाई बुझाएका छन् ।

प्रदेश ७ कार्यदलले प्रदेश कमिटीका अध्यक्ष र सचिवसहितका सदस्यहरूको नाम सर्वसम्मत टुंगो लगाएको छ । जिल्ला नेतृत्व पनि पूर्वएमाले र पूर्वमाओवादी समूहले सर्वसम्मत भागबन्डा गरी प्रतिवेदन बुझाएको छ ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, प्रदेश ५ को कार्यदलले बुझाएको सिफारिस भने विवादित छ । अध्यक्ष केपी ओली र प्रचण्डले पठाएको निर्देशनविपरीत एकीकरण कार्यदलले जिल्ला नेतृत्वको नाम केन्द्रमा सिफारिस गरेको भन्दै महासचिव पौडेलसमक्ष उजुरी परेको छ ।

प्रदेश ३ का १७ जिल्ला कमिटीमध्ये पूर्वएमालेले १० र माओवादीले ७ लिने गरी बाँडफाँड गरिएको प्रतिवेदन एकीकरण कार्यदलले महासचिव विष्णु पौडेललाई आइतबार बुझाएको छ ।

पूर्वएमालेले नेतृत्व लिने गरी भूगोलका काठमाडौंमा रामशरण ढुंगाना, मकवानपुरमा बद्री लम्साल, धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्णेल लामा, सिन्धुपाल्चोकमा झम्क नेपाल, दोलखामा भीम दाहाल, ललितपुरमा हरिकृष्ण व्यञ्जनकारको नाम अध्यक्षमा सिफारिस भएको छ ।

भक्तपुर पनि पूर्वएमालेले लिने समझदारी भए पनि नटुंगिएका कारण अध्यक्षको नाम सिफारिस भएको छैन । पूर्वमाओवादीले काभ्रे, चितवन, सिन्धुली, रामेछाप र नुवाकोटका साथै युवा–विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व लिने भएको छ । काभ्रेमा सूर्यमान दोङको नाम सिफारिस भएको छ ।

पूर्वएमालेले विशेष जिल्ला कमिटीतर्फ उद्योगी व्यवसायी र पेसागत विशेष जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ । एकीकरण कार्यदलका सदस्य काशीनाथ अधिकारीले प्राविधिक कारणले भक्तपुरबाहेक सबै जिल्ला र प्रदेशको प्रतिवेदन सर्वसम्मत रूपमा महासचिव पौडेललाई बुझाएको जानकारी दिए ।