१२ कार्तिक २०८३, बिहिबार

पूर्ववडामहारानीको ९१औँ जन्मोत्सव यसरी मनाइनेछ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । आज सोमबारबाट ९० वर्ष पूरा गरेकी पूर्ववडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९१औ जन्मोत्सव भव्य हुने भएको छ । दरबार हत्याकाण्ड भएको १७ वर्षपछि भब्य रुपमा मनाउन लागिएको यो पहिलोपटक हो ।

पूर्वराजा ज्ञानेन्द्रले आमाको ९१औ जन्मजयन्ती भब्य रुपमा मनाउने तयारी गरेका छन् । करिब दुई साता लामो थाइल्याण्ड बसाइपछि यही १ गते नेपाल फर्किएका ज्ञानेन्द्रले आमा रत्न ९० वर्ष पूरा गरेको उपलक्ष्यमा उनको जन्मदिनलाई भब्य रुपमा मनाउन लागेका हुन् । जन्मोत्सवमा पूर्वराजाका आफन्त सबै सहभागी हुनेछन् । साझ ५ बजेदेखि आयोजना हुने कार्यक्रममा करिब ४ सयको हाराहारीमा आफन्त उपस्थित हुने निर्मल निवासले जनाएको छ ।

जन्मदिनलाई भब्य बनाउन पूर्वराजा ज्ञानेन्द्र आफैं खटिएका छन् । जन्मदिनमा होटल सोल्टीबाट खानाको व्यवस्था गरिएको छ । नारायणहिटी परिसरमा रहेको महेन्द्र मञ्जिल परिसरमा मनाउन लागिएको जन्मदिनमा आफन्त र पूर्वराजाका अति घनिष्टबाहेक अन्यलाई निम्तो दिइएको छैन । दरबार हत्याकाण्डपछि पनि महेन्द्र मञ्जिलमै बस्ने गरेकी रत्न अहिलेसम्म निर्मल निवासले दरबारले आयोजना गरेको कुनै पनि कार्यक्रममा सहभागी हुने गरेकी छैनन् ।

दशैको टीकामा समेत पूर्वराजाका परिवार महेन्द्र मञ्जिलमै उपस्थित हुने गरेका छन् । ‘नौ दशक पार गरेकाले यो जन्मदिनलाई भब्य रुपमा मनाउन लागिएको हो’, निर्मल निवास भन्यो । ‘बिहानको कार्यक्रम केही छैन, बेलुकी जन्मदिन मनाउन लागेका छौं’, स्रोतले भन्यो ।

९० वर्ष पूरा भएपछि उनको स्वाथ्यमा कुनै गडबडी भएको छैन । रत्नको नियमित स्वाथ्य परीक्षण गर्न हरेक मंगलबार निजी चिकित्सक डा खगेन्द्र श्रेष्ठ र मुटु सम्बन्धी समस्या भए डा मृगेन्द्रराज पाण्डे महेन्द्र मञ्जिलमै पुग्ने गरेका छन् । ‘नियमित स्वाथ्य परिक्षण हुने भएकाले उहाँलाई हालसम्म कुनै रोग लागेको छैन’ –रत्नकी निजी सचिव शम्भु अधिकारीले भने ।

उमेरको कारण केही समस्या भए पनि स्वाथ्यको कारण समस्या देखिएको छैन । बिहान ९ बजे उठ्ने, नित्यकर्म गरी पूजापाठ गर्ने, एक गिलास दूध पिउने र करिब ३ बजे खाना खाने उनको दिनचर्या छ । भजनकीर्तन सुन्ने अनि दिनभर आराम गर्ने बेलुकी एक गिलास दुध फलफूल खाने गरेकी रत्नको स्वास्थ्य तन्दुरुस्त रहेको छ । राजा महेन्द्रको स्वर्गारोहणपछि शाकाहारी बनेकी पूर्वमुमा वडामहारानी रत्नको मुख्य खाना नै दूध हो ।

उनलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र हप्ताको एक दिन अनिवार्य रुपामा पुग्ने गरेका छन् । ‘हप्ताको एक दिन त अनिवार्य आउनुहन्छ, आवश्यक परेमा जुन दिन पनि पुग्ने गर्नुभएको छ’, स्रोतले भन्यो । रत्नलाई भेट्न हरेक दिन परिवारका एक न एक सदस्य महेन्द्र मञ्जिल पुग्ने गरेका छन् ।

पूजापाठ गर्ने ,सुसारेसँग बोलचाल गर्ने र कोही आफन्त भेट्न आए सामान्य बोलचाल गर्ने गरेकी रत्नको ९१औ जन्मदिन मनाउने इच्छा छोरा ज्ञानेन्द्र नै गरेकाले स–परिवारका साथ भब्य रुपमा जन्मदिन मनाउन लागिएको हो । दरबार हत्याकाण्डपछि सधै निरास देखिने गरेकी उनी पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरवार छाडेपछि करिब पाँचपटक मात्र महेन्द्र मञ्जिल छाडेकीछिन् ।