१ कार्तिक २०८३, शनिबार

नेपाल–कतार व्यवसाय विस्तारका लागि छलफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली व्यवसायी संघ कतारले नेपालमा रहेको नेपाल चेम्बर अफ कर्मशका पदाधिकारीहरुसँग नेपाल र कतारबीच व्यवसाय विस्तार गर्ने विषयमा छलफल गरेको छ ।

नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईको नेतृत्वको टोलीले आइतबार नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको पदाधिकारीहरुसँग भेट गरी नेपाल र कतारमा व्यवसाय विस्तार गर्ने विषयमा छलफल गरेको हो ।

नेपालका व्यवसायीहरुको कतार चेम्बर अफ कर्मशसँग सहकार्यका लागि पहल गर्न र कतारका व्यवसायीहरुलाई नेपालमा लगानी भित्र्याउने विषयमा संघले पहिलो पटक औपचारिकरुपमा छलफल अगाडि बढाएको अध्यक्ष चौलागाईले जानकारी दिए ।

भेटमा अध्यक्ष चौलागाई, उपाध्यक्ष आरके शर्मा, सचिव उमेश अधिकारी, संरक्षक देवकाजी डंगोल, सल्लाहकार सरोज पोखरेललगायत सहभागी थिए ।
नेपालको कृषि, हाइड्रो, पर्यटनलगायतका क्षेत्रमा कतारका व्यवसायीको लगानी ल्याउनका लागि नेपाल चेम्बर अफ कर्मशका पदाधिकारीलाई कतार चेम्बर अफ कर्मशसँग छिट्टै औपचारिक कार्यक्रम राखिने विषयमा समेत छलफल भएको सचिव उमेश अधिकारीले जानकारी दिए ।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीच व्यापार व्यवसायका प्रचुर सम्भावना रहेकाले यसका लागि आफुहरु सकारात्मक रहेको बताए ।

कतारमा विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु एक आपसमा समस्या पर्दा आपसिक सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्ने र नेपालमा कतारी व्यवसायीहरुलाई लगानी गर्नको लागि पहल गर्ने उद्देश्यले गत वर्ष संघको स्थापना गरिएको थियो ।

कतारमा स्थापित नेपाली व्यवसायीहरुको संघले आफ्नो गतिविधीलाई तिब्रता दिदै केहि महिना भित्रै आफ्ना कार्ययोजनाहरु कार्यान्वयन गर्दै लैजाने जानकारी दिएको छ ।