११ कार्तिक २०८३, बुधबार

आइएमई लाइफको ब्यवसायिक कारोवार दोस्रो वर्षमा प्रवेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ भदौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्यवसायिक कारोवार सञ्चालनको एक वर्ष पूरा गरेको छ ।

सो अवसरमा आयोजित एक कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए ।

ब्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका विभिन्न ५० स्थानमा शाखाकार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजनातर्जुमा गरेको छ ।

कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा ५३ करोड ५० लाख बीमाशुल्क संकलन गर्न सफल भएको थियो ।