२१ कार्तिक २०८३, शनिबार

मिलमा बस्छन् पहिरोले विस्थापित एक सय परिवार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सल्यान, ३ भदौ । जिल्लाको कुमाख गाउँपालिका–५ टवालद्धारीमा पहिरो जाँदा यहाँका १७ घरपरिवार विस्थापित भएका छन् । केही दिन अघिदेखी लगातार परेको पानीका कारण शनिवार दिउँसो पहिरो जाँदा तिन घर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

लगातारको वर्षात पछि पहिरो जाँदा स्थानिय राजकुमार पुनको ६ कोठे घर, कलौटे पुनको दुई कोठे र लोक बहादुर सुनारको घर पुर्ण रुपमा क्षति भएको सल्यानका प्रहरी प्रमुख डिएसपि विरेन्द्र बहादुर शाहीले बताए । यस्तै यहाँ ६ घरधुरी पहिरोको उच्च जोखीममा रहेका छन् ।

स्थानीय लोकेन्द्र वली, चन्द्र बहादुर बुढा, दले सार्की, गोरख बुढा, टेक बुढा र काशीराम बुढाथोकीको घर उच्च जोखिममा रहेको प्रहरीले जनायो । यस्तै सोही ठाँउको ८ घरधुरी पनि जोखिममा रहेको डिएसपि शाहीले जानकारी दिए ।
घर माथिबाट आएको पहिरोले १७ घरपरिवार विस्तापित भएको र विस्थापित घरपरिवारहरु अहिले सोहि ठाउँको नजिकै रहेको मिलमा आश्रय लिएर बस्न बाध्य भएका छन् । घरमा बस्न नमिल्ने भएपछि सुरक्षाका लागी मिलमा बास बस्नु परेको स्थानीय दले सार्कीले बताए ।

प्रहरीका अनुसार पहिरोका कारण झन्डै एक सय जना मानिस प्रभावित भएका छन् । घर माथिबाट आएको पहिरोले तीनवटा घर पुर्ण रुपमा क्षति भएपनि दिउँसोको समय भएकाले केहि पशुचौपाय मरेको र मानविय क्षति भने नभएको बताईएको छ ।

यस्तै कुमाख गाउँपालिका वडा नम्वर ३ जोगनीमा रहेको बाल जागृत आधारभुत विद्यालयको तीनकोठे शौचालय पनि पहिरोका कारण पुर्ण रुपमा क्षति भएको छ । प्रहरीका अनुसार अन्नपात, नगद र जिन्सी समान गरी करिब १५ लाख बरावरको क्षति भएको छ ।