३ कार्तिक २०८३, मंगलबार

एसियाड : क्वाटरफाइनलमा पुग्यो नेपाल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । एशियाली खेलकुदमा नेपाल ब्याटमिन्टनको पुरुष टीम इभेन्टमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार इन्डोनेशियामा जारी एसियन गेम्समा नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई हराएको हो । नेपालले पाकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो ।

ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनका अनुसार नेपाली टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् । महिला टीम इभेन्टमा भने नेपालले पराजय भोगेको छ । नेपाली महिला टोलीमा नङ्शलदेवी तामाङ, रसिला महर्जन, जेसिका गुरुङ र अमिता गिरी रहेका छन् ।