२१ कार्तिक २०८३, शनिबार

विराटनगरमा सुरक्षागार्डकै भयो हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, ३ भदौ । विराटनगरमा एक गार्डको हत्या भएको छ । एक हार्डवेयर पसलमा कार्यरत ५० बर्षका टंक भट्टराईको हत्या भएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका २ धरान रोडस्थितमा रहेको न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्ड भट्टराईको राति हत्या भएको हो ।

उनको शव आइतवार विहान पसलको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिए ।

शनिबार सुतेको उनी आईतबार विहान बेडमुनी मृत अवस्थामा भेटिएका थापाले जानकारी दिए । भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । घटनाको विषयमा थप अनुसन्धान अघि वढाएको प्रहरीले जनाएको छ ।