
लिस्बन । गम्भीर प्रकृतिको रोगबाट ग्रसित उदयपुरकी पत्रकार रञ्जु दनुवारको उपचार सहयोगार्थ पोर्चुगलमा बृहत् सांगीतिक साँझहुने भएको छ ।
चर्चित गायिका नलिना चित्रकारको बिशेष प्रस्तुतीमा नलिना चित्रकार एकल सांगीतिक सांझहुने भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल र संघिय नेपाली महिला फोरम पोर्चुगलको संयुक्त आयोजनामा पत्रकार दनुवारको उपचार सहयोगार्थ सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त सांगीतिक कार्यक्रममागायिकाचित्रकारको बिशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यही १९ अगस्तआईतबारका दिन राजधानी लिस्बनको प्रासादि स्पाना स्थितवक मुण्डो रेष्टुरेष्टमा हुने सांगीतिक कार्यक्रमको तयारी पूरा भएको अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजपोर्चुगलकाअध्यक्षवाई.बी. गुरुङले जानकारी दिए ।
सांगीतिक कार्यक्रममार्फत् पत्रकार दनुवारको जीवन रक्षाकालागिथोरै मात्रभएपनि सहयोग पूगोस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजनागरिएको अध्यक्ष गुरुङले बताए ।
गर्भवती समेत रहेकी पीडित पत्रकार दनुवारको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको छ ।
दनुवारका श्रीमान् समेत गम्भीर प्रकृतिको रोगबाट ग्रसितभई हाल उपचाररत छन् । उनका दुई छोरी छन् । पीडित दनुवारको जीवन रक्षाका लागि नेपाल पत्रकार महासंघले समेत सहयोगको अपिल गरेको छ ।















प्रतिक्रिया