२९ आश्विन २०८३, बिहिबार

प्रकाण्डलाई पक्राउ गर्दा अदालतमा देखियो यस्तो रोचक दृश्य (हेर्नुस् भिडियो)

43.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ। पूर्वमन्त्री एवं नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई नियन्त्रणमा लिँदा सर्वोच्च अदालतमा रोचक दृश्य देखियो ।

सर्वोच्चबाट शुक्रबार रिहा भएको केहीबेरमै उनलाई प्रहरीले अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लियो । प्रहरी पक्राउ पुर्जी लिएर अदालत पुगेको थियो । तर, त्यतिबेला विश्वकर्मा मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीमा चढिसकेका थिए । पाठकले विश्वकर्मालाई मानव अधिकार आयोगमा लैजान दिन पटकपटक अनुरोध गरे । निकै ठूलो गलफती पनि भयो । तर, अन्ततः पाठकको केही चलेन। गाडीबाट निकालेर प्रहरीले लगेरै छाड्यो ।

प्रहरीका अनुसार केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई पुनः गिरफ्तार गरिएको हो ।

हेर्नुस् भिडियोः

https://youtu.be/iP4NaWocc2A