
काठमाडौं, २ भदौ । शनिबार भारत र इंग्ल्याण्डबीचको टेस्ट सिरिजको तेस्रो म्याच हुँदैछ । यसैबीच भारतीय टीममा पटकपटक हुने परिवर्तनलाई लिएर कप्तान विराट कोहलीले एक खुलासा गरेका छन् । कोहलीले शुक्रबार टीममा हुने परिवर्तनले खेलाडीलाई असुरक्षित महसुस नगर्ने र यस्तो सोचे अचम्म नुहने बताएका छन् ।
कोहलीले ३७ टेस्टमा ३७ परिवर्तन गरिसकेका छन् । शनिबारदेखि इंग्ल्याण्डविरुद्ध सुरु हुने तेस्रो टेस्टमा पनि पुरानो शिलशिला जारी रहने अनुमान लगाइएको छ । कोहलीले भनेका छन्, ‘हाम्रो पहिलो प्राथमिकता भनेको खेल जित्नु नै हो । खेलाडी परिवर्तनले उसको करियरलाई के होला भनेर सोच्नु नै गलत हो ।’
उनले थपे, ‘हाम्रो फोकस यस टेस्टमा छ । हामी कसैको करियरको बारेमा सोचिरहेका छैनौं । यसले करियर डामाडोल हुन्छ भन्नु भ्रम हो ।’
भारतीय कप्तानले भने, ‘जब तपाई राम्रो खेल्नुहुन्न भने तपाई केही सोच्न सक्नु हुन्न । तपाईले जेहनमा मात्र टीमलाई जीत दिलाउन ध्यान दिनुपर्ने हुन्छ । यस बाहेक अरु केही पनि होइन ।’ आफू पूरा फिट भएको उनले बताए ।















प्रतिक्रिया