
काठमाडौं, २ भदौ । विभिन्न जिल्लामा प्रेमका नाममा अपराधको अन्तिम रूप दिन थालिएको छ । मानवीय होइन, प्रेम दानवीय प्रवित्तिको प्रतिबिम्ब बन्न थालेको छ ।
शुक्रबार मात्रै मोरङको ग्रामथान गाउँपालिका–तेतारियास्थित सिद्राहामा पहेलो रंगको को१७ प १७२३ नम्बरको स्कुटर चढेर आएका विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले सोही स्थानकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरे । उनीहरूबीच प्रेम सम्बन्ध थियो ।
खाली गाईगोठमा भेट्न पुगेका भट्टराईले घिमिरेलाई घाँटी, छातीलगायतका स्थानमा अन्धाधुन्ध खुकुरी र छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
युवतीको शरीर क्षतविक्षत पारेर भाग्ने क्रममा स्थानीयले ती युवालाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । ति युवालाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
भट्टराईले आफूमाथि धोका भएको र शिखाको हत्या गर्ने योजना बनाएको प्रारम्भिक बयान दिए ।
प्रेम कर्तव्य भन्दा उत्कृष्ट शिक्षा पनि भनिन्छ । तर, यो भनाईलाई नेपाली समाजका विकृत घटनाले ‘लाज’मा परिणत गरेको छ । अछामको पञ्चदेवल नगरपालिका– ९ भानाकोटका तिलक बटालाले गर्भवती १६ वर्षीया प्रेमिका उर्मिला टमट्टाको हत्या गरे ।
लामो समयदेखि यौनसम्बन्ध राख्दै आएका तिलकले उर्मिलालाई गर्भपतन गर्न दबाब दिएका थिए । उर्मिलाले गर्भपतन गर्न मानेकी थिइनन् । बिहे गर्ने भन्दै गएको वैशाख १५ मा तिलकले उर्मिलालाई भगाएका थिए ।
उनले घर नजिकैको जंगलमा रहेको गोठमा लगी हत्या गरेको प्रहरी अनुसन्धानले खुलाएको थियो । तिलकले हत्यापछि शव गोठमा लुकाएर राखेका थिए । पछि भिरवाट लडेको भन्दै परिवारलाई शव देखाएको उर्मिलाका दाजु नवराज टमट्टाले जानकारी दिएका थिए ।
उर्मिलाले कालीकोटको नन्दादेवी उच्च मावि कोटवाडामा भर्खरै एसईई दिएकी थिइन् ।
प्रेम समर्पण पनि हो भन्ने परिभाषाकै हत्या हुन थालेको छ । यसको कारण सामाजिक सञ्जालको चिनजान, मोबाइलको दुरुपयोगले निम्त्याएको सम्बन्धको परिणाम भएको कतिपय प्रहरी अनुसन्धानले खुलाएका छन् ।
केही बर्ष अघि रुपन्देही सैनामैना–१० रामपुरका खगेश्वर काफ्लेको घरमा दुई अपरिचित मोटरसाइलमा आए । उनीहरूले चिठी दिन भन्दै खगेश्वरलाई बाहिर बोलाए । घर बाहिर आएका खगेश्वर तत्कालै गोली लागेर ढले ।
खगेश्वरको हत्या भएको एक सातापछि प्रहरीले एक महिलासहित ३ अभियुक्तलाई हेटौडाको चिसापानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही सैनामैना १० रामापुरका २२ वर्षीय अर्जुन भन्ने तुलसी घिमिरे, ३६ वर्षीया खिमा गिरी, र २३ वर्षीय सन्दिप परियार रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । खिमाले हत्या योजना बनाएको, अर्जुनले गोली हानेको र परियारले मोटरसाइकल चलाएर अर्जुनलाई भगाएको प्रहरीको भनाई छ ।
प्रहरीले अभियुक्तहरूलाई हेटौडाबाट पक्राउ गरेर इप्रका बुटवलमा ल्याई सोधपुछ गरेपछि उनीहरूले अपराध कबुल गरेका थिए । अपराधमा प्रयोग भएका सामग्री बर्दघाटमा राखेको उनीहले बयान दिएपछि प्रहरीले त्यहाँ गएर खोजतलास गरी एउटा ‘मेड इन युएसए’ लेखेको पेस्तोल, त्यसमा लाग्ने ८ राउण्ड गोली, एउटा म्याग्जीन र ६ वटा मधेस मुक्ति टाइगर नामक संगठनको नक्कली पत्र बरामद गरेको छ ।
खिमा पहिला भारतीय नागरिक बच्चु दाससँग प्रेम गरेर एउटै घरमा बस्थिन् । उक्त घर दासले खरिद गरेका थिए । पछि झगडा भएपछि उनीहरू छुट्टिएर बस्न थाले । दाससित सम्वन्ध टुटेपछि खिमाले तुलसीसँग प्रेम गर्न पुगिन् ।
दाससितको झगडालाई लिएर खगेश्वरले समाजमा आफ्नो बेइज्जत गराएको भन्दै खिमाले हत्या योजना बनाएको प्रहरीले जनाएको छ । खगेश्वरले दाससँग मिलेर आफ्नो घरको बेड(बिस्तारा उठाएर लगेको र घर पनि विक्री गराउनमा दासलाई सहयोग गरेको खिमाले बयान दिएकी थिइन् ।
तुलसीको आग्रहमा सन्दिपले घटनामा साथ दिएका हुन् । उनीहरू गाउँ(गाउँमा सञ्जीवनी मालिस गर्ने तेलको मार्के्टिङ गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
हत्यापछि उनीहरूले प्रहरीको आँखामा छारो हाल्न सो स्थानमा मधेस मुक्ति टाइगर नामक संगठनको नक्कली पत्र फालिदिएका थिए ।
तुलसी २०७० सालमा लागुऔषध मुद्दामा एक वर्ष जेल सजाय भुक्तान गरेर गत ०७१ सालमा रुपन्देही जिल्लामा कारागारबाट छुटेका थिए ।
सच्चा प्रेमीहरू भन्छन् अपराध नै भए पनि प्रेम गर्न छाडिन्न । तर, यहाँ त प्रेमी नै अपराधी बनेपछि कसरी प्रेममको मूल्य बाँकी रहन्छ र ? यी प्रतिनिधि घटनाहरूमा जोडिन्छ गुल्मीको कालिगण्डकी गाउँपालिका–४ घुमाउनेको अर्को कथा ।
त्यहाँस्थित एउटा खोलामा वाग्लुङ्ग जिल्ला जैमिनी नगरपालिका–२ धुसेनीकी २२ वर्षीया कमला शर्माको शव भेटियो । युवती हत्याको आशंकामा प्रहरीले पर्वत जिल्ला बिहादी गाउँपालिका–८ ठगुवाका २३ वर्षीय प्रदीप पराजुलीलाई नियन्त्रणमा लियो ।
कमला र प्रदीपबीच प्रेम सम्बन्ध रहेको प्रहरी समक्ष प्रदीपले बयान दिएका थिए । मृतक युवतीले प्रदीपलाई आफ्नो महिनावारी रोकिएकाले गर्भ रहेको हुन सक्ने भन्दै विवाह गर्न आग्रह गरेकी थिइन् ।
युवतीले गर्भ रहेको भन्दै विवाह गर्न आग्रह गरेपछि प्रदीपले उनलाई माघ ५ गते मारेर पुलबाट फालेका थिए । आफूहरूको प्रेम सम्बन्ध युवतीको घर परिवारलाई समेत जानकारी रहेको युवकले प्रहरीलाई वयान दिएका थिए ।
भनिन्छ– प्रेम आत्माको मिलन हो । यसमा ‘सेक्स’ गौण हुन्छ । तर, स्वार्थी प्रेमीहरूका कारण सेक्स नै मृत्युवरण गर्नुपर्ने कारण पनि बनेका छन् ।
पर्सामा शारीरिक सम्बन्ध राख्न नमानेपछि एक युवतीलाई उनकै प्रेमीले हत्या गरे । भारत बगहा घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्दै आएकी १८ वर्षीया बनिताकुमारी चौधरीको हत्या उनकै प्रेमी सोही ठाँउमा बस्ने प्रमेन्द्र चौधरीले गरेका थिए ।
प्रमेन्द्रले बनितालाई भलुवाही खोला नजिकको खयरबारीमा भेटन बोलाएका थिए । प्रेमी प्रमेन्द्रलाई भेट्न पुगेकी बनितासँग शारीरिक सम्बन्ध राख्न
गरेको प्रस्तावलाई बनिताले नमानेपछि प्रमेन्द्रले बनिताको घाँटीमा सल बेरेर हत्या गरेका थिए । हत्या पश्चात प्रमेन्द्रले बनिताको शब घिसारेर खोला किनारमा लगि खाल्डोमा गाडेका थिए ।
यस्तै, पोखरामा लामो समयको प्रेमको परिणाम दिन प्रेमिकाको हत्या गरेलगत्तै एक युवाले पनि विष खाएका थिए । विष खाएका ती युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
स्याङजा पौवेगौडे निवासी २२ वर्षीया सोनम रेग्मीमाथि उनका प्रेमी स्याङजा निवासी २२ वर्षीय सञ्जीवबहादुर नेपालीले चक्कुले हानेर हत्या गरेको कास्की प्रहरीले ठहर गरेको थियो । पोखराको सिमलचौरस्थित चालीसेचोकमा डेरामा बस्दै आएकी रेग्मीमाथि उनका पे्रमिका डेरामा गएपछि विवाद हुँदा दुबैले ज्यान गुमाएका हुन् ।
सञ्जीवबहादुरले प्रेमिकामाथि चक्कु प्रहार गरेरे ज्यान लिएको प्रहरीले जनाएको छ । युवाले युवती बस्दै आएको डेराको कोठाबाहिर ल्याएर चक्कु प्रहर गरी हत्या गरेका थिए ।
हत्या भएको स्थानमा युवतीको शरीर र भुइँभरी रगत बगेको देखिएको थियो । घटना भएको जानकारी पाएपछि स्थानीयबासी घटनास्थलमा पुग्दा केहीबेर भीड भएको थियो ।
प्रेमिकाको हत्या गरेपछि सञ्जीवले विष खाएका प्रहरीको भनाइ छ । विष खाएर गम्भीर बनेका सञ्जीवको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
सञ्जीवले युवतीको घाँटी र पेटमा चक्कु प्रहरी गरी हत्या गरेको स्थानीयले बताए । उनीहरूको केही बर्ष अघिदेखि प्रेमसम्वन्ध थियो । तर पछिल्लो समयमा ‘डिभोर्स’ का लागि जिल्ला अदालतमा मुद्दा चलेको बताइन्छ ।
उता, आफ्नै प्रेमीबाट १५ वर्षीया किशोरीको हत्या पनि भनियो । रातभर सँगै रहेका उनीहरूबीच बिहानीपख विवाद हुँदा रिसको आवेगमा प्रेमीले प्रेमिकाको घाँटी थिची हत्या गरेको खुलासा भएको थियो ।
ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया सरस्वती हरिजन शौचालय जाने भन्दै घरबाट निस्किएकी थिइन् । रातभर हराएकी हरिजन भोलीपल्ट घरभन्दा करिव एक किलोमिटर टाढा खेतमा मृत भेटिएकी थिइन् ।
मृत शरिर देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय धकधईमा खबर गरेका थिए । त्यसपछि जिल्लाबाट घटनाबारे अनुसन्धान गर्न प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेको नेतृत्वमा प्रहरी टोली गएको थियो ।
अनुसन्धानका क्रममा ओमसतिया गाउपालिका–६ बस्ने १८ वर्षीय प्रेमसागर केवटलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले प्रेमसागर र सरस्वती हरिजनबीच करिब ४ बर्षदेखि प्रेम सम्बन्ध रहेको खुलाएको थियो । घरबाट हराएकी हरिजन रातभर केवटसँग रहेको र उनिहरूबीच शारिरिक सम्बन्ध पनि भएको, तर बिहानपख विवाद हुँदा घाँटी थिची हत्या गरेको केवटले बयान दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न खुलेको थियो ।
रोमियोजुलियट, हिररंझा, मुनामदन नामका काल्पनिक कथामा आधारित प्रेम समाजमा देखिन छाडेको छ । दानव प्रेमीहरूले प्रेमको आलिंगनलाई सेक्स, स्वार्थका लागि मात्र उपयोग गरे । फाइदा नदेखेपछि उनीहरू हत्याका लागि उद्दत भए ।















प्रतिक्रिया