१२ कार्तिक २०८३, बिहिबार

‘मण्डला उफ्रिने ठाउँ हो ? ’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी ओली सरकारले राजधानी उपत्यकामा विरोध प्रदर्शन गर्न निश्चित ठाउँ तोक्यो । बाँकीलाई निषेधित बनायो । त्यसमा पर्‍यो– विरोधका अधिकांश जमघट हुने माइतीघर मण्डला पनि । डा गोविन्द केसीको १५ औं आमरण अनसन जारी थियो । त्यसका समर्थक मण्डला पुग्थे । त्यही बेला रोक लगाउँदा त्यसैलाई लक्ष्य गरिएको धेरैको ठम्याइ रह्यो । त्यसविरुद्ध मुद्दा पर्‍यो । सर्वोच्चले विरोध प्रदर्शन गर्न फुकुवा गरिदियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री ओलीले त्यसमा असन्तुष्टि जनाउँदै आएका थिए । शुक्रबार पनि उक्त प्रसंग उठाए । ‘माइतीघर मण्डला उफ्रिने ठाउँ हो ? मण्डलाको अर्थ के हो ? त्यहाँ के गरिन्छ ? त्यो कस्तो ठाउँमा छ ?’ उनले प्रश्न गरे, ‘त्यहाँ उफ्रिन नपाउँदा लोकतन्त्रमै खतरा पुग्छ ?’ मण्डलामा प्रतिबन्ध आफूले मात्र नलगाएको र पहिला जसले लगाएको थियो, यसपालि सबैभन्दा बढी विरोध उसैले गरेको उनको भनाइ थियो ।

डा केसीको आमरण अनसनसमेत कुबेलामा, अनावश्यक रूपमा आएको उनको कथन थियो । ‘जति बेला डा केसी अनसन बसे, सकारले कुनै कानुन परिवर्तन गरेको थियो ? नयाँ व्यवहार देखाएको थियो ?’ उनले प्रश्न गरे, ‘त्यो अनसन सिलसिलाको १५ औं शृंखलामा मात्र थिएन र ?’