३ कार्तिक २०८३, मंगलबार

हरेक घरधुरीसम्म जलविद्युतका सेयर पुर्‍याइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारले काम अघि बढाएको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । उनले निर्माण हुँदै गरेका र निर्माणको चरणमा पुगेका जलविद्युत आयोजनाहरुको काम तिव्र पारिने उल्लेख गरे ।

उनले हरेक नेपालीको घरधुरीसम्म विद्युतको सेयर पुग्नुपर्ने बताउँदै उनले भने, ‘अबको केही वर्षमा ५६ लाख घरधुरीसम्म विद्युतको सेयर पुग्नुपर्दछ ।’ उनले जलविद्युतमा लगानी गरे बुढेशकालमा पेन्सन र भत्ताको भर पर्नु नपर्ने धारणा राखे ।

मन्त्री पुनले नेपालमा निर्माणको क्रममा रहेका आयोजनाको कार्य प्रगति सुस्त गतिमा भएकाले यसलाई तिव्र पार्ने बताए । केन्द्रबाट आयोजनाको निर्माणबारे नियमन नहुँदा कार्य प्रगति सुस्त भएको उनको भनाइ थियो ।