२१ कार्तिक २०८३, शनिबार

सुशील कोइराला क्यान्सर अस्पतालमा बिरामीको चाप बढ्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १ भदौ ।  सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विश्वराज पौडेलका अनुसार स्थापनाको डेढ महिनाको अवधिमा ५२२ बिरामीको उपचार गरिएको छ । बाँकेको खजुरामा रहेको उक्त क्यान्सर अस्पताल सरकारीस्तरबाट सञ्चालित चितवनको भरतपुरपछिको दोस्रो हो । सो अस्पतालको गत असार नौ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो ।

अस्पतालले बिरामी जाँच, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवा उपलब्ध गराइरहेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको सो अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गरेको छ ।

अस्पताल निर्माणमा रु ३५ करोड खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका बासिन्दालाई उपचार गर्न सहज भएको छ । –रासस