३ कार्तिक २०८३, मंगलबार

हिमालयन कार्गोका सञ्चालक गरे व्यापक कर छली, अदालतमा मुद्दा दायर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १ भदौ । काठमाडौं जिल्ला अदालतमा हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्ता र मधु गुप्ताविरुद्ध व्यापक राजश्व छलीको आरोपमा राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । विभागका अनुसार उनीहरुले कर शुल्क ब्याज ५४ करोड ७२ लाख राजश्व छलेको र बिगो र जरिवानासहित उनीहरुसँग करोड राजश्व छलेका छन् । उनीहरुले कर शुल्क ब्याज गरी ५४ करोड ७२ लाख कर छली गरेको हो । उक्त रकमसहित बिगो र जरिवाना गरी उनीहरुसँग २ अर्ब ७२ करोड असुल गर्न विभागले मुद्दा दायर गरेको हो । विभागले उनीहरुलाई तीन वर्ष जेल सजाय दिन समेत माग गरेको छ ।

दुध र घिउको नक्कली प्रज्ञापनपत्र बनाएर कर छलेकाे पनि खुलासा भएको छ । यस नक्कली प्रज्ञापनपत्र प्रकरणमा ७ जना भन्सार कर्मचारी पनि मुछिएका छन् । यसमा गुप्ताद्वयसहित अन्य २२ जनालाई विपक्षी बनाइएको छ ।

करमा अनियमितता गरेको खुलेपछि अनुसन्धान विभागले उनीहरुको बैंक खाता र चलअचल सम्पतिसमेत रोक्का गरेको छ । यति मोटो रकममा कर छलीको विषयमा विभागले मुद्दा दायर गरेको यो पहिलो पटक हो ।