
काठमाडौं, १ भदौ । बेल्जियममा स्टार फुटबलर रोमेलु लुकाकुले केही समयपछि सन्यास लिने बताएका छन् । उनले सन् २०२० को युरोकपपछि सन्यास लिने योजना बनाएको बताइएको छ ।
म्यानचेस्टर युनाइटेडमा आबद्ध लुकाकु बेल्जियमका भरपर्दा स्ट्राइकर हुन् । उनले एक टेलिभिनलाई दिएको एक अन्तर्वार्तामा सन् २०२० पछि सन्यास लिने योजना बनाएको बताएका हुन् । उनले सन् २०२२ काे कतारमा हुने विश्वकपमा आफूले नखेल्ने बताए । उनले भने, ‘मैले युरोकपपछि सन्यास लिने योजना बनाएकाे छु ।’ उनले अहिले आफू २५ वर्षकाे भएकाे र कतारमा हुने विश्वकपमा आफूले नखेल्ने बताए ।
लुकाकुले नयाँ युवा प्रतिभालाई अवसर दिनुपर्ने भन्दै आफूले सन्यासकाे योजना बनाएकाे उल्लेख गरे ।
उनले बेल्जियमका लागि ७५ खेल खेलिसकेका छन् । जसमा उनले ४० गोल गरेका छन् । उनी बेल्जियमका लागि सर्वाधिक गोलकर्ता हुन् । रसिया विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया