काठमाडौं, १ भदौ । नयाँ मुलुकी ऐनअनुसार कसैले अनुमति बिना कसैको तस्वीर खिचेमा एकवर्ष वा दश हजार रुपैयाँ जरिवाना लाग्ने वा दुवै सजाय हुने भएको छ ।
यस्तै निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाएमा पनि एकवर्षसम्म कैद वा रु।दशहजार जरिवाना वा दुवै हुने व्यवस्था हुनेछ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
अपराध संहितामा विवाह बदर हुनसक्नेसम्मको व्यवस्था गरिएको छ । मन्जुरी बिना गरिएको विवाह, बालविवाह, बदर हुनेछ । यस्तै नयाँ ऐनमा जन्मकैदलाई २५ वर्ष बनाइएको छ । साविकको मुलुकी ऐनमा जन्मकैद २० वर्ष थियो ।
आजैदेखि लागू हुने देवानी संहिताको परिच्छेद ६ मा अनुसार कुनै मुद्दा पुनरावलोकन गरी वा मुद्दा दोहो¥याई पाउँ भन्ने आदेश भएमा अदालतीय शुल्क (कोर्ट फी) लाग्नेछ ।
यस्तै यातना दिने वा विवाहमा लेनदेन गर्नेलाई पाँचवर्ष कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुनेछ ।














प्रतिक्रिया