
काठमाडौं, ३१ साउन । देशमा लागूऔषधको दुव्र्यसनीहरु बढ्दै गएकोप्रति ध्यानाकर्षण गर्दै बिहीबार सञ्चारकेन्द्र नेपालले ‘लागूऔषध विरुद्धको सचेतना र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गृह मन्त्रालयका लागूऔषध नियन्त्रण महाशाखा प्रमुख एवं सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले लागूऔषध कारोबारी देश द्रोही भएको धारणा व्यक्त गर्दै देशका युवा मस्तिष्कहरुलाई दुव्र्यसनमा फसाउने लागूऔषध कारोबारीहरुलाई समाजले माफी दिन नहुने बताए ।
कार्यक्रममा लागू औषध व्यूरो प्रमुख तथा प्रहरी डिआइजी ठुले राईले लागूऔषधका दुव्र्यसनीका कारण समाजमा अपराध बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि विद्यालय तहदेखि नै सबै तहबाट सहयोग नभए यसले विकराल अवस्था सिर्जना हुने बताए ।
कार्यक्रममा पत्रकार सागर पण्डितले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा प्याब्सन केन्द्रीय सचिवालयका पूर्व सदस्य शम्भु पोखरेललगायत दर्जनौं सञ्चारकर्मीहरुले अन्तरक्रियामा भाग लिएका थिए ।












प्रतिक्रिया