३ कार्तिक २०८३, मंगलबार

भारतसँग नेपाल पराजित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । भुटानमा जारी यु-१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

दोस्रो संस्करणको यु–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग २-१ ले पराजित भएको हो । यससँगै नेपालको उपाधि यात्रामा पूर्णविराम लागेको छ ।

भारतका लागि क्रिटिना देवी र लेन्डा कोमले गोल गरे । नेपालकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् । खेलको ३० औं मिनेटमा भारतका लागि लेन्डाले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको सात मिनेटपछि नेपालकी रजनीले गोल गरेपछि पहिलो हाफमा खेल १-१ को बराबरीमा सकिएको थियो ।

भारतका लागि दोस्रो गोल खेलको ७५ औं मिनेटमा क्रिटिनाले गरिन् । र, खेलमा भारतले अग्रता लियो । बाँकी समयमा नेपालले गोल फर्काउन नसकेपछि खेल भारतले जित्यो ।