३ कार्तिक २०८३, मंगलबार

सीपीएलमा चम्के सन्दीप, एकै ओभरमा लिए दुई विकेट

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । जमाइका तल्लावाजविरुद्ध बिहीबार भएको खेलमा सन्दीपले २ विकेट लिए । उनले चार ओ‌‌भर बलिङ गर्दा मात्र २१ रन खर्चे ।

सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सका अोपनर केनर लेविसलाई सन्दीपले कुपरको हातबाट क्याच गराए । उनले २३ बलमा ४९ रनको आक्रामक पारी खेलिरहेका थिए । लेविसलाई पेभेलियन फर्काएका सन्दीपले त्यसको दुई बलमै आन्द्रे मकार्थीलाई बोल्ड गरे ।

सन्दीपको उत्कृष्ट प्रदेशन गरेपनि उनको टीम प्याट्रियट्सले जीत हासिल गर्न सकेन । जमाइकाले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रनको बनाएको थियो । १ सय ७९ रनको लक्ष्य पाएको प्याट्रियट्सले ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्र बनायो ।

प्रतियोगिताको तीन खेलमा उनले पाँच विकेट लिइसकेका छन् ।