१ कार्तिक २०८३, शनिबार

राजन थपलियाको कबिता कक्षा ६ को अङ्रेजी पठ्यक्रममा समावेस

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रम पुस्तकमा समावेश गरिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रम पुस्तकमा राखिएको हो ।

नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरूमा पढाई हुने उक्त कोर्सबुक रोमहर्ष पन्थीले तयार पारेका हुन् । उक्त कविता नेपालको बारेमा लेखिएको थियो ।

थपलियाले उक्त कविता आफूले ७ वर्ष अगाडि लेखेको र बालबालिकालाई देशप्रेमबारे ओतप्रोत बनाउने प्रेरित गर्नेगरी कोर्सबुकमा नै राखिएकोमा आभार व्यक्त गरे । उक्त कविता मिस्टिक नेपाल शीर्षकमा लेखिएको छ ।

पाथ फाइन्डर नामको उक्त पाठ्यक्रम यसै बर्ष देखि पाठ्यक्रम पुस्तकमा राखिएको हो । पुस्तकको सम्पादन गोविन्दराज शर्मा र कृष्णप्रसाद मरासिनीले गरेका हुन् ।

अमेरिका निवासी युवा लेखक राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । हालै उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।