२९ आश्विन २०८३, बिहिबार

तपाईलाई थाहा छ आलुको बोक्राको यी फाइदा ?

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राय:को भान्सामा आलु पाक्छ । केही मानिसहरुले आलुको बोक्रा फाल्छन् भने केहीले फाल्दैनन् । आलुको बोक्रा फाल्दा प्राकृतिक स्वादमा समेत कमी आउने गर्छ । तर, आज हामी तपाईलाई प्राय:ले फाल्ने आलुको बोक्राको फाइदाबारे जानकारी दिनेछौं ।

आलुको बोक्रामा हाम्रो शरीरलाई चाहिने भिटामिन तथा खनिज हुन्छन् । त्यसैले सकेसम्म आलुलाई बोक्रा नफाली पकाउँदा राम्रो हुन्छ ।

आलुको बोक्राले शारीरिक सौन्दर्यलाई पनि सहयोग गर्छ । आलुमा एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुण हुने भएकाले शरीरको छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।

आलुको बोक्राले कपाल झर्ने समस्या टाढा राख्न मदत गर्छ । तपाईले आलुको बोक्रालाई कपालमा लगाउनुभयो भने कपाल चाँडै बढ्छ र झर्दैन ।

आलुको बोक्राले तपाईले चाँदी तथा आल्मुनियमका भाँडाहरुमा लागेको दाग हटाउन प्रयोग गर्न सक्नुहुन्छ । अझ यसले पुजा सामग्रीको भाँडालाई एक प्रकारको चमक दिन्छ । आलुको बोक्रामा हलुका खाले एसिड हुने भएकाले भाँडामा भएको दागलाई हटाउन सहयोग गर्छ ।