२१ कार्तिक २०८३, शनिबार

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३० साउन । ज्यान मार्ने उद्योग मुद्दामा काठमाण्डौं जिल्ला अदालतले दोषी ठहर गरी सजाय सुनाईएकी एक एकजना पक्राउ परेकी छन् ।

२०६६ चैत २५ गते सजाय सुनाईएकी नुवाकोटको देउराली–९ घर भई हाल बालाजु बस्ने ३८ वर्षीय शुसिला तामाङलाई प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । तामाङलाई ४ वर्ष ११ महिना ६ दिन कैद हुने ठहर अदालतले गरेको थियो ।

उनी हाल सम्म फरार थिईन् । प्रक्राउ पछि उनलाई अदालतको आदेश अनुसारको कैद भुक्तानको लागि कारागार कार्यालय जगनान्थदेवल महिला बन्दि गृह पठाईएको प्रहरीले जनाएको छ ।